गजल

बेला नआउँदै हत्तारिएर को जान्छ ?
रित्तै जानुपर्छ जानेले लिएर को जान्छ ?

आफैले बाटो खन्नुपर्छ आत्मनिर्भर हुनलाई
सियो भन्छ अड्किएर को जान्छ ?

सबैको महत्व आ-आफ्नै हुन्छ याद गर्नु
भट्टी जानेले पिउँछन् मन्दिर पिएर को जान्छ ?

पत्थर हुँ पत्थर छोडिदेऊ मौका मिले पुजिनेछु
फलाम बनायौ भने त्यसै खिएर को जान्छ ?

ऊ तिम्रो होइन चिन्ता नलिनु उसले छोडे पनि
यदि आफ्नो हुन्थ्यो भने मन दिएर को जान्छ ?

✍️अम्बिका कार्की

भिडियो हेर्नुहोस्