Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

राष्ट्रिय बाछिटा प्रतिष्ठानको बृहत् बाछिटा वाचन सम्पन्न

Company Register
बाछिटा प्रतिष्ठानको भर्चुअल कार्यक्रम, तस्वीर: सुनिल गौतम/साबित्रा पाण्डे

राष्ट्रिय बाछिटा प्रतिष्ठानको बृहत् बाछिटा वाचन शनिवार सम्पन्न भएको छ । बाछिटा प्रवर्तनको १११ दिन पुगेको अवशरमा प्रतिष्ठानले बृहत् बाछिटा वाचन कार्यक्रम आयोजना गरेको हो । बाछिटा प्रतिष्ठान नेपालका प्रमूख सल्लाहकार अमर त्यागीको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रम प्रतिष्ठानका अध्यक्ष खगेन्द्र वस्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Advertisement

बाछिटा प्रतिष्ठान नेपालका सल्लाहकार सहप्राध्यापक नारायण गैरे, नेपाल हाईकु संघका अध्यक्ष एवम् नेपाल प्रेस काउन्सीलका सदस्यचेतनाथ धमला, कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण जी को विशेष आतिथेयता रहेको कार्यक्रमलाई प्रतिष्ठानका महासचिव बिष्णु भट्टराई विभु र सदस्य सावित्रा पाण्डेले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा प्रत्यक्ष र प्रतिष्ठानका तर्फबाट समेत वाचन गरिएका गरि करिव १५० जना बाछिटाकारहरुको रचना प्रस्तुत भएको थियो । करिव १ सय १० बाछिटाकारहरुले प्रत्यक्ष अनलाईन उपस्थिती सहित रचना वाचन गरेका थिए भने अन्य ४० जना अनुपस्थित बाछिटाकारको रचना पनि कार्यक्रम सञ्चालक द्वय प्रतिष्ठानका महासचिव बिष्णु भट्टराई विभु र सदस्य सावित्रा पाण्डेले वाचन गर्नुभएको थियो ।

कार्यक्रमलाई प्रतिष्ठानकी सचिव नीरु गौतमले स्वागत गर्नुभएको थियो भने केन्द्रीय सदस्य एवम् अलङ्कार प्रतिष्ठानकी अध्यक्ष समेत रहनुभएकी भारती न्यौपाने दाहालले धन्यवाद ज्ञापन गर्नुभएको हो । नेपाली साहित्यको पछिल्लो बिधा मानिने बाछिटामा पछिल्लो समय अत्यन्तै लोकप्रियता बढ्दै गएको कार्यक्रमको उपस्थिती र यस विधामा चलेका कलमले पुष्टि गरेको बताउँदै महासचिव भट्टराईले बाछिटाको उन्नयनमा सबैलाई लागिपर्न समेत आग्रह गर्नुभयो ।

देश तथा विदेशबाट बाछिटा सर्जकहरुको उपस्थिति रहेको कार्यक्रममा सिर्जन अबिरल, मीरा प्रसाई, सुनिल गौतम, दधीराम गेलाल, सरस पाण्डे, लक्ष्मी थापा, दीक्षा सापकोटा, खगेन्द्र वस्याल,उपमा शर्मा लगायत करिव एक सय जना बाछिटाकारहरुले २/२ वटा बाछिटाहरु वाचन गरेका थिए । करिव ३ घण्टा लामो समय सञ्चालन भएको कार्यक्रमलाई प्रतिष्ठानका अध्यक्ष खगेन्द्र वस्यालले धन्यवाद सहित समापन गर्नुभएको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...