कविता : म आफै

म संग दुख नपोख तिमी,
म आफै आसुमा डुबेको छु
म भि‌‌त्र केही नखोज तिमी,
म आफै संसार संग लुकेको छु ।

म संग समाधान नखोज तिमी,
म आफै बारबार चुकेको छु
म भि‌‌त्र खुशी नखोज तिमी,
म आफै भित्र भित्रै दुखेको छु ।

म संग मलम नखोज तिमी,
म आफै भित्र फाटेको छु
म संग उड्न नखोज तिमी,
म आफै हिडेरै थाकेको छु ।

अविरल अधिकारी