कवि विप्लव प्रतीक दर्शनका साथ कविता लेख्ने कवि हुन् । उनका ‘नहारेको मान्छे’ (कविता संग्रह), ‘अविजित’ (उपन्यास) प्रकाशित छ्न् । उनले थुप्रै गीतहरू लेखेका छन् र रङ्गकर्म पनि गर्छन् । यौटा मान्छे मर्दा स्वास्नी विधवा हुन्छे र छोराले बरखी बार्छ यौटा योद्धा मर्दा राष्ट्र विधवा हुन्छ र इतिहासले बरखी बार्छ यो कविताका सर्जक प्रतीक हुन् । ‘हर रात सपनीमा ऐँठन हुन्छ ,गाउँमा सायद पहिरो गयो कि ?’ लगायत थुप्रै गीतहरू उनले लेखेका छन् । उनै लेखक प्रतीकसँग भएको साहित्यिक संवार्ता । (सुवास खनाल)