गजल

चरी जस्तो भएन यो प्यार यान भएन
आकाशका तारासंग चिनजान भएन

कसैका अधर पनि हत्यारा बन्न सफल भए
मेरा अधरमा भने कहिल्यै मुस्कान भएन

नदी हुँदा हौं त समुन्द्रमा जरुर मिल्थ्यौं
नमज्जा लाग्यो प्यारमा दोभान भएन

भोकको तौल बोकेर प्रयोगशालामा पुगियो
चामलको विकल्प दिने विज्ञान भएन

एक बुँद महफिलमा यसकारण पुगेकी हो
जब बगरका पिडाहरुको उत्थान भएन

✍️बगेकी गंगा,
मकवानपुरगढी-३