उसो त जिन्दगी लामो छ , तर कति लामो ? थाह छैन । उसो त जिन्दगी छोटो छ , कति छोटो त्यो पनि त थाह छैन । जे छ आज छ , अहिले छ । त्यसैले भन्नु छ केही भने अहिले भनुम् । गर्न मन छ केही भने अहिले गरुम् । मलाई केही गर्ने मन भयो , त्यसैले अहिले गरें । यसरी गरें । यही नै सहि समय हो भनेर गरें । तपाईको प्रतिकृयाले हौसला दिन्छ । सुध्रने मौका पनि । जे लाग्छ अहिले नै भनिदिनुस् न है । उसो त जिन्दगी दुई दिने हो 🙂

भिडियो हेर्नुहोस्

कविता – उसो त जिन्दगी लामो छ [ कवि – छवि अनित्य ] ( अमृता नेपालको आवाजमा )

हजुरलाई यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला