Comments Add Comment

रेखा हत्केलाको – गणेश दवाडी

रेखा हत्केलाको

कोहि शनिको दसा छ भन्छन,त कोहि राहुको प्रकोप छ
कोही दुखैदुख पाउछस् भन्छन,त कोहि गर्न केही सक्दैनस्
कोहि बिद्याको रेखै देख्दैनन्, त कोहि कमाइको धर्सो भेट्दैनन्
कुनै भन्छन् पण्डित आयु छोटो छ , त कुनै भाग्य खोटो छ

कोहि बिबाहै हुदैन भन्छन्, त कोहि सन्तान सुख छैन
कोहि भन्छन् अभागी, त कोहि तर्किन्छन् देख्दा
कोहि देख्छन् कठोर मन, पत्थर झैं तन नियालेर हेर्दा , त कोहि रिसाहा पन
कुनै भन्छन् पण्डित आयु छोटो छ, त कुनै भाग्य खोटो छ

कोहि देख्दैनन् सुखको हत्केलामा रेखा, त कोहि चिनामा आराम
कोहि हास्छन् खिस्सि गर्दै, त कोहि रुन्छन् ठिक्क पार्दै
कोहि भन्दैनन् नि तिमिसम्म, आदर त परको कुरा
सुनेको हातका धर्सामा मेरो सम्मान कोरिएको छैन
कुनै भन्छन् पण्डित आयु छोटो छ , त कुनै भाग्य खोटो छ

कोहि पुर्व जन्मको फल हो भन्छन्, त कोहि देउताको सराप
कोहि भन्छन् खड्को छ पिपल पुजा गर ,त कोहि दोस छ सत्यनारायण पुजा लगा
कोहि सुनाउछन् धर्मशास्त्र शान्ति मिल्छ रे, त कोहि मन्दिरका नाम दर्शन गर्नुपर्छ रे
कुनै भन्छन् पण्डित आयु छोटो छ , त कुनै भाग्य खोटो छ

बिन्ति छ प्रभु जुन जन्ममा जो कोहिले गरेको कर्मको फल उहीँ खतम गरिदिनुस
पटक पटक मारेर बचाए पनि, अइ्गभइ्ग बनाए पनि गल्तीको सजाय त्यही जन्ममा सकिदिनुस
बिन्ति छ भगवान् मानवको सिर्जना मात्र हैन मानवता पनि साथै पठाइदिनुस
खराब कर्म गर्ने खराबै सोच भएकालाई हैन असल र इमानदार मनुष्य बनाइदिनुस्

गणेश दवाडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर