Comments Add Comment

मकवानपुर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई स्वागत तथा बिदाई कार्यक्रम

हेटौंडा–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा बीबीएम तथा बीबीएमा नयाँ भर्ना हुने विद्यार्थीको स्वागत तथा चौथो बर्षको पढाई पूरा गर्ने विद्यार्थीलाई बिदाई गरेको छ ।

विद्यार्थी सृष्टि बज्राचार्यको अध्यक्षता तथा क्याम्पस सन्चालक समितिका अध्यक्ष अनन्त पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्याम्पस सन्चालक समितिका सदस्यहरु रघुनाथ खुलाल, बद्रिप्रसाद लम्साल, अशोक शाक्य, नवराज बिष्ट, राजीव सुवेदी, कृष्ण कुमार गुप्ता अग्रवाल, क्याम्पस प्रमुख डा. शंकर प्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुख डा यमबहादुर सिलवाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले लिने परीक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीले नृत्य तथा गायन कला पनि प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर