सरकारले दियो बोर्डिङ स्कुललाई अनलाइन कक्षाको शुल्क लिन अनुमति

अनलाइन पत्र संवाददाता२०७७-०५-२५ No Comments

काठमाडौं – अबदेखि बोर्डिङ स्कुलले अनलाइन कक्षाको शुल्क लिन पाउने भएको छ । सरकारले निजी विद्यालयलाई अनलाइन कक्षाको शुल्क लिन अनुमति दिएको हो ।

सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरुले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाउने अनुमति दिएको हो ।

उक्त निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’ यो भन्दा अगाडि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो ।

मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार असार १ गतेदेखि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । सरकारले विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसको कारण कम्तिमा आउने असोज १ गतेभन्दा अगाडि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नपाउने निर्णयसमेत गरेको छ ।

Ad
Ad