2025-12-07 9:05 am

आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । सम्भवतः आज सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको बालुवाटार निकट स्रोतको भनाइ छ । कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषयमा भने केही खुलाइएको छैन । आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे सदस्यहरुलाई जानकारी गराएका थिए ।

नियमित डायलाइसिसले सहज जीवन सम्भव नभएकाले मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा चिकित्सकहरु पुगेको हुँदा आफू पनि मानसिकरुपले तयार रहेको अवगत गराए । उनले मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने विषयमा पनि जानकारी गराएका थिए । आज सोमबार साँझसम्म अर्का अध्यक्ष प्रचण्ड र केही पार्टीका हितैसीहरुसँगको परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad