नेपाल प्रेस युनियनको नौ औँ महाधिवेशन आगामी जेष्ठ १३ र १४ गते हेटौंडामा हुने भएको छ । आइतबार बसेको युनियनको सचिवालयको बैठकले महाधिवेशनको मिती र स्थान तोकेको हो । युनियनको स्थापना दिवसको अवसर पारेर महाधिवेशन गर्न लागिएको युनियनले जनाएको छ । यस अघि महाधिवेशनको मिती पटक पटक सारिएको थियो ।