2025-12-10 2:46 am

जोर्डनसँग नेपाल २–० गोलले पराजित

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा जोर्डनले नेपाललाई २–० गोल गर्दै विजयी भएको हो ।

गएराती कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफको अन्त्यतिर गौतम श्रेष्ठले जोर्डनका मोहमद फैसललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । तर डेब्यु गरिरहेका गोलरक्षक दीपले मुसा मोहमद सुलेमानको प्रहार बचाउ गरेका थिए । खेलको दोस्रो हाफको ६९ र ८२ औं मिनेटमा जोर्डनले गोल गरेको थियो । यस नतिजासँगै नेपाल अंक तालिकाको पुछारमा रहेको छ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad