हेटौंडामा जारी सातौं हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिता अन्तर्गत आज चार खेल हुने भएको छ । हेटौंडा भेट्रान्सको आयोजनामा जारी भेट्रान्स कप प्रतियोगितामा आज बुटवल भेट्रान्स र वालिङ भेट्रान्स , बगरभाई खलक (ए) र हेटौंडा भेट्रान्स (ए) बिच खेल हुने भएको छ भने त्यस्तै आजै एबिसि पोखरा र बगरभाई खलक (बी) र अन्तिम खेल हेटौंडा भेट्रान्स (बी) र बानेश्वर फुटबल क्लव काठमाडौं बिच हुने कार्यक्रम संयोजक मणिराज गौतमले बताएका छन् ।

प्रतियोगिता अन्तर्गत हिजो मंगलबार पाँच खेल सम्पन्न भएको छ । पहिलो खेलमा सानो गौचरण नाइट किङ क्लव काठमाडौंलाई बिहानी क्लव फरेष्टी हेटौंडाले ३–२ गोलअन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै समुहबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाईब्रेरकबाट लिइएको थियो । खेलको म्यान अफ द म्याच विहानी फरेष्ट्रीका हर्क गुरुङ भएका छन ।

दोस्रो खेलमा ए बी सी भेट्रान्स पोखराले कालभैरव भेट्रान्स हेटौंडालाई ६–० गोल अन्तरमा पराजित गरेको छ । खेलको म्यान अफ द म्याच ए बी सी का महेन्द्र गुरुङ भएका छन । यस्तै तेस्रो खेलमा नागस्वति भेट्रान्स हेटौंडाले विरगञ्ज भेट्रान्सलाई ६–० गोल अन्तरमा पराजित गरेको छ । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका निमा लामा भएका छन । त्यस्तै चौथो खेलमा बानेश्वर भेट्रान्स काठमाडौं ले बौद्ध भेट्रान्स लाई २–१ गोल अन्तरमा पराजित गरेको छ । खेलको म्यान अफ द म्याच बानेश्वरका सुमन शर्मा घिमिरे भएका छन । पाँचौ तथा अन्तिम खेलमा जोरपाटी भेट्रान्स काठमाडौँले अभिषेक चर्च रजहर नवलपुरलाई ४–१ गोल अन्तरमा पराजित गरेको छ । खेलको म्यान अफ द म्याच जोरपाटीका किशोर नेपाली भएका छन ।

पौष ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १८ ओटा भेट्रान्स क्लबहरुको सहभागिता रहेको खेल संयोजक गौतमले जानकारी दिए । प्रतियोगिताको प्रथम हुने समुहले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा शिल्ड,दित्तियले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड प्राप्त गर्ने आयोजक क्लब हेटौंडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्रचार्यले बताए । खेलमा उत्कृष्ठ मिडफिल्डर,फरवार्ड, डिफेन्डर,गोलकिपर र समुह कोचलाई जनही ५ हजार नगदले पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक गौतमले बताए ।