2025-12-07 10:06 am

मकवानपुर गोल्डकप आजबाट

सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता आजबाट सुरु हुँदैछ । आजबाट सुरु हुने प्रतियोगिता जेष्ठ ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा एडिभिजन, मोफसल र विदेशी सहित १२ टिमले सहभागिता जनाउने छन् । नेपाल आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, चर्च ब्वाइज क्लब, विदेशी टोली एभिनियर एफसी, बागमती युवा क्लब, बि.एफ.सि.चितवन, नवजन जागृती युवा क्लब र घरेलु टोली विजय युथ क्लब सहभागी रहने खेल संयोजक प्रताप विष्ठले जानकारी दिए ।

विजेताले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ । उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुलअफ म्यानेजम्यान्टले बुलेट बाईक प्रदान गर्नेछ । हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन्। आजको उद्घाटन खेलमा नवजनजागृती र बागमती युवा क्लब बीच भिड्ने आयोजकले जनाएको छ । प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad