Comments Add Comment

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । सोमबार मध्यराति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेल–मट्टितिलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल–मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर