Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

५० लाख बढी ठगी गरेको आरोपमा युवती पक्राउ

Company Register

Advertisement

अमेरिका पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । दैलेखका विभिन्न व्यक्तिहरुसँग अमेरिका पठाइदिने भन्दै ठगी गर्ने सुनसरीको इटहरी उप(महानगरपालिका(४ बस्ने २४ वर्षीया विद्या शर्मा नाम बताउने उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख पुगेकी उनले विभिन्न व्यतिहरुलाई ठगेको खुल्न आएको प्रहरीले जनाएको छ । आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको ९सीइओ० बताउँदै उनले आफ्नो अमेरिकाको भिसा पनि लागेकाले ८(१० जना लान सकिने भन्दै विभन्न व्यक्तिसँग ५२ लाख ४ हजार १० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...