Breaking
7 Dec 2024, Sat

हत्केलामा भएको रेखाले देखाउँछ भाग्य

नाडीबाट शुरू भएर माथितर्फ जाने रेखालाई भाग्य रेखा भनिन्छ । यो रेखा अनामिकाको मुनि पुगेर सकिन्छ । हस्तरेखामा भाग्य रेखा अत्यन्त महत्वपूर्ण मानिन्छ । यसबाट व्यक्तिको व्यापार, रोजगारीका साथै जीवनका सफलता एवम् असफलताबारे जान्न सकिन्छ । भाग्य रेखा हत्केलामा स्पष्ट देखिने यो रेखा कतै नटुक्रिएको भए उत्तम मानिन्छ । यस्तो रेखाका भएका व्यक्तिको भाग्य अत्यन्त उज्ज्वल हुने मान्यता छ ।

साथै स्पष्ट एवम् गहिरो भाग्य रेखा भएका व्यक्ति कम परीश्रममा बढि सफलता पाउन सक्षम हुन्छन् । साथै सांसारिक सुखका साथै काममा दोब्बर फाइदा पाउन सक्छन् । हस्त रेखा शास्त्रका अनुसार यदि भाग्य रेखा चोर औलातर्फ मोडिएको भए यस्ता व्यक्ति उच्च पद एवम् प्रतिष्ठा प्राप्त गर्न सफल हुन्छन् । रोजगारीमा ठुलो सफलता हात लाग्नेछ । साथै समाजमा सम्मान समेत प्राप्त हुन्छ । यस्ता भाग्य रेखा भएका व्यक्ति पूजापाठ र आध्यात्ममा रुची राख्ने हुन्छन् । यदी भाग्य रेखा हत्केलामा बुढी औला र चोर औलाको बीचबाट निस्किएको रेखामा ठोक्किएर शनी पर्वतसम्म पुगेको भए व्यक्ति परिश्रमी, मेहनती र योग्यताका आधारमा सफल हुन संभावना रहन्छ । यदी हत्केलामा भाग्य रेखा स्पष्ट हुनुका साथै शनी पर्वतसम्म र जीवन रेखा समेत घुमाउरो भए यस्ता व्यक्तिका साथमा धनको कहिल्यै कमी हुदैँन । यस प्रकारको ऐसी रेखा भएका व्यक्तिले यशपूर्ण जीवन व्यतित गर्दछन् ।

Ad
Ad