
आजदेखि काठमाडौंमा कोरोना विरुद्धको बुस्टर डोज लगाईने भएको छ । बुस्टर डोज अहिलेका लागि अग्रपंक्तिमा काम गर्नेहरुका लागि उपलब्ध हुनेछ। काठमाडौँमा आइतबारदेखि नै बुस्टर डोज लगाउने भनिए पनि आज सोमबारदेखि मात्र लगाइने भएको हो।
अहिले खोप सञ्चालन भइरहेका काठमाडौँ जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए। जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि चालु खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्ने गरी निर्णय गरेको काफ्लेले जानकारी दिए। बुस्टर डोज लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




