कुलमान घिसिङको स्वागतमा दीप प्रज्वलन

Company Register

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशका दोस्रो पटक नियुक्त गरेको भन्दै माइतीघर मण्डलमा मंगलबार राति दीप प्रज्वलन गरिएको छ। हाम्रो टिम नेपालकी सदस्य एवम् एकजना अभियन्ता सपना रोका मगरसहितले माइतीघर मण्डलमा दीप बालेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई फेरि प्राधिकरणमा नियुक्त गरेको बताइएको छ।

Advertisement

तर सरकारी अधिकारीहरुले यसबारेमा आधिकारिक केही बोलेका छैनन्। वर्तमान कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यलाई अर्को ठाउँमा जिम्मेवारी दिएर कुलमानलाई प्राधिकरणमा लगिएको बताइएको छ।आफ्नो पहिलो कार्यकालमा कुलमानले देशबाट लोडसेडिङ हटाएर प्राधिकरणलाई हरेक वर्ष ८ अर्ब बढी नाफा दिलाउन सफल भएका थिए। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमानलाई निरन्तरता दिन अस्वीकार गरेको थियो। तर शेरबहादुर देउवा नेतृत्वको सरकामा पम्फा भुसाल ऊर्जा मन्त्री भएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इच्छा अनुसार कुलमान प्राधिकरणमा फर्किएका हुन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...