काठमाडौं – सुनको भाउ आइतबार प्रति तोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदी प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय रुपैयाँ थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको प्रतितोला १३ सय ५५ रुपैयाँ रहेको थियो