हेटौंडामा खुकुरी प्रहारबाट एक युवक घाईते

Company Register

बुधबार बिहानै हेटौंडामा खुकुरी प्रहारबाट एक युवा घाईते भएका छन् । बुद्धचोकमा दुई युवाबिच भएको झडपको क्रममा एक युवाले खुकुरी प्रहार गर्दा एक जना घाईते भएका हुन् । खुकुरी प्रहरबाट हेटौंडा–१ चौकीटोलका २६ बर्षीय प्रशान्त नगरकोटी घाईते छ ।

Advertisement

उनको अहिले हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । नगरकोटलाई हेटौंडा–१० बसपार्क बस्ने २१ बर्षीय सौरभ लामा र उनका भाई मिलेर खुकुरी प्रहार गरेका थिए । सौरभ लामालाई प्रहरीले पक्राउ गरिसकेको र उनका भाइ भने फरार रहेको डिएसपी रिमालले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...