हेटौडा – हाल कोभीड १९ को कारण विश्व नै संक्रमणकालीन अवस्थामा छ। नेपाल पनि कोभिडका कारण संक्रमणकालीन अवस्थाबाट टाढा रहन सकेन यसर्थ शैक्षिक संस्था विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म बन्द रहेको छ । तर यही बन्दाबन्दीको समयमा मकवानपुर जिल्लाको तासिर अंग्रेजी माध्यमिक माध्यमिक विद्यालयले नियमित अनलाइन कक्षा सँगसँगै कक्षा ९ र १०मा अध्यनरत , अनलाइन सम्भव भएका विद्यार्थीहरू लाई एकदिने अनलाइन मोक वेविनर सम्पन्न गरेको छ।

उक्त मोक वेबिनारको सहजीकरण प्रशिक्षक श्री विवश जंग थापाले गर्नु भएको थियो ।विद्यार्थीहरुको सिकाई विश्वस्तरसम्म पुर्याउन म्यासिभ ओपन अनलाइन कोर्स अर्थात् मोकको प्रशिक्षण दिईएको हो । प्रशिक्षक थापाले अहिले को समयमा विद्यार्थीले मोक कोर्स मार्फत विद्यार्थीहरूले आफ्नो रुचि अनुसार , फुर्सदको समयमा विश्व विद्यालय स्तरीय कोर्स गर्दा विद्यार्थीको सिकाइ पनि दिगो हुने र सृजनात्मक सोच को पनि विकास हुने कुरा विद्यार्थीहरूलाई बताउनु भयो ।

६० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको वेबिनर मा प्रशिक्षक थापाले विद्यार्थीहरुलाई छोटो र लामो अवधि को कोर्षको बारेमा प्रयोगात्मक तरिकाबाट सहजीकरण गर्नुभएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथि जापान को सोका विश्व विद्यालयमा अध्यनरत र जापानमै कार्यरत शिक्षिका श्री समीक्षा बिडारीले अनलाइन कोर्सले विद्यार्थीको आत्मबल बढाउने र विद्यार्थीहरुलाई आफ्नो लक्ष्यमा पुग्न समेत ऊर्जा दिनेकुरा विद्यार्थीमाझ राख्नु भएको थियो । त्यसैगरी तासीर अंग्रेजी माध्यमिक विद्यालय प्रमुख प्रशासक श्री मैया थापा क्षेत्रीले मोक वेबिनार नियमित पठनपाठन भएपछि पनि पुनः सम्पूर्ण विद्यार्थीहरूलाई निरन्तर रूपमा समेत गराउने जानकारी दिनुभएको थियो ।

२५ भन्दा बढी विद्यार्थीले छोटो अवधिको कोर्स सिकाइकै कर्ममा पूरा गरी प्रमाणपत्र समेत प्राप्त गर्न सफल भएका थिए ।