मकवानपुरमा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका –१ का ६० वर्षीय पुरुष रहेका छन् । उनको भरतपुर अस्पतालको कोभिड आइसियू कक्षमा उपचारको क्रममा बुधबार मृत्यु भएको हस्पतालले जनाएको छ । उनलाई साउन १६ गते हेटौंडा अस्पतालमा कोभिड परीक्षणमा कोरोना पुष्टि भएको थियो ।