मकवानपुरमा २४ घण्टा यता थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित कर्रा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईँले दिएको जानकारी अनुसार मकवानपुरमा थप ३७ जनामा कोरोना पोजिटिभ देखिएको हो । उनका अनुसार हेटौंडा उपमहानगरपालिकाभित्रका १८ जनामा कोरोना पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नं ९ का ७ जना, वडा नं ५ का ४ जना, वडा नं ४ का ४ जना, वडा नं २ का १ जना , वडा नं १० का १ जना र वडा नं १३ का १ जना गरी हेटौंडाका १८ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरपालिकाका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन जिल्लाका १ जना, काठमाडौंका १ जना र नेपाल प्रहरीका १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन् ।