हेटौँडा उपमहानगरपालिका–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको २३ औँ साधारणसभा सम्पन्न भएको छ । संस्थाले यस बर्ष मिडिया हाउस देखी संस्थामा सहयोग पुर्‍याउने विभिन्न १४ जनालाई सम्मान गरेको छ। संस्थाले निवर्तमान अध्यक्ष गौरवकुमार पराजुली,संस्थापक सेयर सदस्य बासुदेव सापकोटा,गिता अधिकारी,एकल महिला तर्फ पुर्णकुमारी तिमल्सिना,बढी ब्याज बुझाउने तर्फ गंगादेवी धिताल,बढी सेवा शुल्क बुझाउने बुद्ध रत्न मानन्धर,खुत्रुकेमा बढी बचत गर्ने तर्फ आदेश गौतम,खुत्रुके नियमित वचत तर्फ शुलभ हुमागाईलाई सम्मान गरेको छ।

त्यसैगरी सहकारीले यस बर्ष पत्रकार पुरस्कारबाट साझा कुरा दैनिक पत्रिकालाई नगद सहित सम्मान गरेको छ।त्यसैगरी सहकारीले व्यवसायी तर्फ राजकुमार श्रेष्ठ र संस्थालाई टिभि सहयोग गर्ने सरोज न्यौपानेलाई पनि सम्मान गरेको छ। यता सहकारीले २३ औं साधारणसभा मार्फत निर्वाचन समिति तर्फ संयोजक हिमाल पौडेल, सदस्य भवनाथ गौतम र रुपेश दुलाललाई सम्मान गरेको छ। सहकारीले सम्माननीत सबैलाई दोसल्ला ओढाई कदरपत्रले सम्मान गरेको हो।