मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालिखोलामा रहेको सिर्जशिल समाज बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १५ औ बर्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा सस्थाका उपाध्यक्ष ईन्द्र प्रसाद चौलागाईंले सस्थागत प्रतिबेदन प्रतिबेदन , कोषाध्यक्ष माधब प्रसाद चौलागाईले आर्थिक प्रतिबेदन , लेखा संयोजक शिबराम फुयालले लेखा समिती प्रतिबेदन र लक्षमण भट्टराईले ऋण उपसमिति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सस्थाका शेयर सदस्यहरुलाई विभिन्नमा पुरस्कृत तथा सम्मानित गरिएको थियो । कार्यक्रममा सस्थाका शेयर सस्दय एबम पत्रकार मनोज देबकोटालाई बिगत लामो समय देखि पत्रकारिता क्षेत्रमा कृयासिल रहि पत्रकारिता मार्फत सस्थाको विभिन्न गतिबिधिहरु आम जनमानसमा समाचार सम्प्रेषण गर्दै आएकाले सम्मान गरिएको थियो त्यस्तै अधिक बाल बचत कर्ता अभय पुडसैनी , अधिक मासिक बचत कर्ता राजु श्रेष्ठ , अधिक ऎच्छिक बचत कर्ता मानसरोवर चौलागाईं , असली ऋणि रबिना गुरुङ , उद्यमशिल ऋणि लाल बहादुर लोप्चन , जेख्ठ नागरिक सदस्य शिव कुमार खतिवडा , एस ई ई उकृख्ट निलम पाखृन लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सस्था उपाध्यक्ष ईन्द्र प्रसाद चौलागाईको सभाअध्यक्ष तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आथिथ्यतामा कार्यक्रम सप्पन्न भएको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना र जिल्ला बचत तथा ऋण सहकारी सस्थाका कोषाध्यक्ष बिष्णुमाया लामाको बिशेश आथिथ्यता रहेको थियो ।

कार्यक्रम मनकामना दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल , श्री भानु माबीका अध्यक्ष मानकुमारी पाखृन , हिमाल महिला बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष जानुका दाहाल ,टावर डाडा खानेपानी तथा उपभोक्त समुहका अध्यक्ष सत्रुधन दुलाल , कालिदेबी दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल , श्री भानु मा बि का प्राचर्य राजेद्र थापा लगएतकाको उपस्थिती रहेको थियो ।