Comments Add Comment

जनप्रिय माविको बाल बगैचामा श्रीराम दाहालले दिए हौसला

हेटौंडा १६ हटिया चिसापानी मा रहेको जनप्रिय माध्यमिक बिद्यालय दिव्य सेवा बाल क्लब को प्रस्तुति रहेको बाल बगैंचाको २८ औं शृङ्खला नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष एवं ननिदाएका शिक्षकहरु कार्यक्रमका अभियन्ता श्रीराम दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

zoom online मार्फत संचालित उक्त कार्यक्रममा प्रमुख अतिथि दहालले बर्तमान शैक्षिक अवस्था, लक डाउन र शैक्षिक सत्र संचालन , जनप्रियका गतिविधि र ननिदाएका शिक्षक कार्यक्रमका सम्बन्धमा महत्वपूर्ण भनाईहरु राख्नु भएको थियो । उहाँले यस विषम परिस्थितिमा पनि बाल प्रतिभाको उजागर गर्न यस किसिमको कार्यक्रम संचालन गरेकोमा बिद्यालय परिवारलाई हार्दिक धन्यवाद समेत दिनुभएको थियो । कार्यक्रममा दाहालले बन्दाबन्दीपछिको शिक्षामा स्वरुप परिवर्तन हुनसक्ने भन्दै विद्यार्थीलाई निरास र हतास नहुन पनि आग्रह गर्नुभयो । साथै शिक्षकको पेशागत संस्था शिक्षक संगठन मकवानपुरको आफूले नेतर्त्व गरिरहँदा शैक्षिक क्षती कम गराउन आफू र आफनो संस्था निरन्तर लागिपरिरहेको समेत बताउनुभयो ।

कार्यक्रममा शिक्षक संगठनका मकवानपुर प्रचार बिभाग प्रमुख सुनिल गौतमले शुभकामना मन्तब्य राख्नुभएको थियो । मन्तब्यका क्रममा कार्यक्रम ननिदाएका शिक्षकहरुको बारेमा थप बोल्दै गौतमले आगामी दिनमा विद्यार्थीले गरेका सकरात्मक कार्यको समेत उजागर गर्न संगठन तयार रहेको बताउँदै जनप्रियका विद्यार्थीलाई सिर्जनात्मक कार्य गर्न अग्रिम शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा जनप्रिय माबिका प्रधानाध्यापक नमराज अर्याल सहायक प्रधानाध्यापक राम आशिष मण्डल शिक्षकहरु नीर बहादुर खड्का, कैलास धिताल, कृष्ण प्रसाद अधिकारी , बिदुर सापकोटा , नबिनराज दहाल, यशोदा भट्टराई लगायतकाको उपस्थिति रहेको थियो । भाद्र ८ गतेबाट संचालन हुदै आएको उक्त कार्यक्रम पढाई ,बाल प्रतिभा , खानपान ,आहार बिहार , योग ध्यान प्राणायम , संस्कार सस्कृती र साहित्य खेलकुद आदिका बिषयमा छल्फल एवं प्रतिभा प्रस्फुटनको कार्यक्रम संचालन गरिदै आएको छ । जनप्रिय माबिका शिक्षक युक्तलाल बिश्वकर्माको सक्रियतामा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

कोरोना र अनुत्तरित प्रश्नहरु

कोरोनाका कारण २५ शिक्षकको मृत्यू