Comments Add Comment

कतारबाट नेपाल फर्कने सूचीमा मकवानपुरका ६ महिला सहित ७२ जना पुरुषको नामावली सार्वजनिक

कतारबाट नेपाल फर्कने तेश्रो सूचीमा मकवानपुरका ७८ जनाको नामावली सार्वजनिक भएका छन् । नेपाली राजदूतावास दोहा कतारले कतारबाट नेपाल फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुरका ६ महिला सहित ७२ जना पुरुषको नामावली सार्वजनिक गरेको छ । दूतावासद्वारा जारी सूचीमा मकवानपुरका १६ जना बेतलबी बिदामा, २७ जना कतार आइडी र भिसाको म्याद सकिएको र ३५ जनाले रोजगारी गुमाएको र श्रम करार अवधि समाप्त भएकाले उनीहरुलाई घर जाने सूचीमा राखिएको छ । २६ जुन देखि ११ अगष्ट २०२० सम्म दूतावासको सम्पर्कमा आएका तथा फारम भरेकाको सूची दूतावासले सार्वजनिक गरेको हो ।

यसअघि पहिलो र दोश्रो सूचीमा एकसय बढी मकवानपुरका युवाहरुको नाम प्रकाशित भएको थियो । हाल कतारमा मकवानपुरबाट करिव २२ हजार युवाहरु रोजगारीका गएका छन् । कोरोनाको महामारी फैलिएपछि कतारबाट चार्टर उडान मार्फत ५ हजार नेपाली स्वदेश फर्केका छन् भने लकडाउन पश्चात विभिन्न कारणले मृत्यु भएका ४० नेपालीको शव समेत नेपाल पठाइएको दूतावासले जनाएको छ । कोरोना भाईरसका कारण कतारमा हजारौं नेपालीहरुले रोजगारी गुमाएका छन् भने समयमै स्वदेश फर्कन नपाउदा उनीहरु थप पीडित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर