मकवानपुरगढी वडा नंम्बर ५ को ७०० मत गणना गर्दा वडाध्यक्षमा नेपाली कांग्रेसका दिपेश दाहाल अगाडी रहेको छ । दाहालले नेकपा एमालेका उम्मेदवार जीत बहादुर घिमिरे भन्दा ११८ मतले अगाडी रहेको छ । दाहालले ७०० मत गणना गर्दाु ३६० मत प्राप्त गरेका छन् भने घिमिरेले २४२ मत प्राप्त गरेका छन् । त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धन अगाडी रहेको छ । अहिलेसम्म पालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारले ३२६ र एमालेका उम्मेदवारले ३१८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले २८३ र एमालेका उम्मेदवारले २५७ मत प्राप्त गरेका छन् ।