विन्दावासिनी मिडिया प्रा.लिद्धारा संचालित रेडियो थाहा सञ्चार ९९.६ को १२ औँ वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा हाल सम्म यस वर्षकै सबैभन्दा धेरै रक्तदान संकलन गर्दै सर्वाधिक रक्तदाता संस्था बनेको छ ।

शुक्रबार बिहान ८ बजेदेखी अपरान्ह ४ बजेसम्म हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा ११० जनाले रक्तदान गरेका छन् । रेडियोको स्थापनादेखि हरेक वार्षिकोत्सवमा रेडियोले रक्तदान कार्यक्रमलाई निरन्तरता दिईएको रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिए ।

कार्यक्रममा रक्तदातालाई कार्यक्रमस्थलमा नै प्रमाणपत्रको व्यवस्था पनि गरिएको थियो ।

त्यस्तै, रेडियोको वार्षिकोत्सव कार्यक्रम अन्तर्गत भोलि ३ गते शनिबार

‘नेपाल भ्रमण वर्ष सफल पारौ, सालक संरक्षणमा भूमिका खेलौं’

भन्ने मूल नाराका साथ साइकल र्याली हुने भएको छ । भोलि बिहान साँढे ७ बजे रेडियो परिसरबाट सुरु हुने साइकल र्याली सालक पार्क चुच्चेखोलामा पुगि समापन हुने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

रेडियो थाहा संचार हेटौडाको वार्षिकउत्सब सप्ताह २०७६