हटिया जनप्रिय बहुमुखी क्याम्पसले शिक्षक तथा छिमेकी विद्यालयका प्रधानाध्यापकहरुको समेत उपस्थितीमा मैत्रिपूर्ण बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

हटियाको राजदेवी गुफा परिसरमा सम्पन्न बनभोज कार्यक्रममा क्याम्पसको विएड प्रथम वर्षमा हुने नयाँ भर्नाका बारेमा समेत सरोकारवालाको उपस्थितीमा रणनीतिहरु तयार परिएको हो । क्यापसले विएड तह प्रथम वर्षमा अंग्रेजी, नेपाली स्वास्थ्य तथा जनसंख्या विषयमा शैक्षिक सत्र ०७७/०७८ का लागि नयाँ भर्ना खुल्ला गरेको जनाएको छ । विद्यार्थीलाई निशुल्क यातायात सुविधा उपलब्ध गराउने योजना सहित भर्ना खुल्ला गरिएको क्याम्पस प्रमूख डा विजय नेपालले जनाउनुभएको हो ।

क्याम्पस प्रमूख डा विजय नेपालको संयोजकत्वमा सम्पन्न वनभोज कार्यक्रममा जनप्रिय माध्यामिक विद्यालयका प्रअ नवराज अर्याल, सहायक प्रअ रामआशिष मण्डल, कक्षा ११/१२ संयोजक कल्याणकृष्ण प्याकुरेल, विज्ञान शिक्षक विदुर सापकोटा प्राविधिक ११/१२ संयोजक सुजन कँडेल, वालवोध मावि प्रअ रमेश रिजाल ज्योति मावि स प्रअ भूपेन्द्र चौलागाई, राजदेवी मावि प्रअ सानुकाजी पाण्डे, पूर्व प्रअ शालिकराम घिमिरे, त्रिभूवन मावि का सप्रअ दीपक ढुङ्गाना उपप्रध्यापक केशव अर्याल तथा क्यामप्सका प्राध्यापक एवम् कर्मचारीको लगायतकाको उपस्थिती रहेको थियो ।