Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

निबृत्त शिक्षक समाजको केन्द्रीय अधिवेशन जेष्ठ दोस्रो साता हुने

Company Register
बैठक बस्दै । तस्वीर : अभिमन्यू गौतम

नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समितिको वैठक आज समितिका अध्यक्ष चुडामणि शर्मा ज्यूको अध्यक्षतामा सम्पन्न भयो ।

Advertisement

केन्द्रीय कार्यलयमा सम्पन्न वैठकले आागामी जेष्ठको दोश्रो हप्ता भित्र महाधिवेसन केन्द्रीय कार्यालय रहेको यशोधरा बौद्ध मा वि मा नै गर्ने निर्णय गरेको छ । बैठकले महाधिवेसन सम्पन्न गर्न महाधिवेसन तयारी समिति समेत गठन गरेको छ ।

बैठकले महाधिवेशन सम्पन्न गर्न रमाकान्त सापकोटाको स‌योजकत्वमा ४ सदसीय विधान संशोधन समिति त्यसैगरी अभिमन्यू गौतमको संयोजकत्वमा ३ सदसीय सूचना तथा प्रचार प्रसार समिति, त्यसैगरी विधान अनुसार निर्वाचन समिति, चैत्र मसान्त सम्म जिल्ला समिति गठन र केन्द्रमा दर्ता लगायतका कार्यविभाजन समेत गरेको छ ।

बैठकले कोभिढ १९ का कारण वाट निधन हुनुभएका सवै शिक्षकहरु प्रति हार्दिक श्रद्धाञ्जली सहित शोक प्रस्ताव पारीत गर्दै कोभिडकै कारण वाट हाल उपचार्थ रहनु भएका सवै शिक्षकहरु प्रति सिध्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
अधिवेशनमा

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...