Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

ईसिईडि र विद्यालय कर्मचारीको तलव छिट्टै संवोधन हुने

संगठन राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माद्वारा मकवानपुर जिल्ला समितिलाई संवोधन

Company Register

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यतामा जिल्ला समिति मकवानपुरको आज विशेष भेला सम्पन्न भएको छ ।

Advertisement

विशेष भेलालाई संवोधन गर्दै प्रमूख अतिथी शर्माले अहिलेका समसामयिक मुद्दामाथि संवोधन गर्नुभएको हो । विद्यालय कर्मचारी र ई सि ई डी शिक्षकहरुको तलव बृद्धि, राष्ट्रिय समितिको गतिविधि र वर्तमान राजनैतिक घटनाक्रममा शिक्षक संगठन लगायतका विषयमा अध्यक्ष शर्माले जिल्लालाई संवोधन गर्नुभएको हो ।

सरकारमा केही दिन यता हेरफेर भएपछि नवनियुक्त्त शिक्षामन्त्रीसंगको भेटवार्तामा विद्यालय कर्मचारी र ई सि ई डी शिक्षकहरुको तलव बृद्धिमा माननीय शिक्षामन्त्री ज्यू सकरात्मक रहेको वहाले जानकारी दिनुभयो । अर्थ मन्त्रालय र राजनैतिक बृत्त यस विषयमा सकरात्मक रहेपनि तत्काल संसद विघटन भएकोले अध्यादेश मार्फत यस विषयमा संवोधन गर्न पनि सरकार सहमत रहेको जानकारी शिक्षाा मन्त्रीले दिनुभएको वहाँले जानकारी दिनुभयो ।

यता शिक्षा ऐन २०२८ लाई संसोधन गर्न भने केही वाधा तत्काल देखिएपनि आफूहरु त्यसमा लागिपरिरहेको वहाँले बताउनुभएको हो । जसमा तहगत बढुवा, राहत शिक्षकका समस्या समाधान, विस्थापित शिक्षकका समस्या समाधान, उमावि शिक्षकका समस्या समाधान लगायतका विषयवस्तु समेटिएको वहाँले जानकारी दिनुभएको हो ।

जिल्ला अध्यक्ष श्रीराम दाहालको अध्यक्षता रहेको कार्यक्रममा संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौडेल, राष्ट्रिय परिषद् सदस्य रमेश प्रसाद लामिछाने, वागमती प्रदेश सचिवालय सदस्य मोहन शर्मा संगठन मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, महासंघ अध्यक्ष जीधराज ढकाल, संगठन सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल, सल्लाहकार पिताम्वर वास्तोला, लक्ष्मी चौलागाँई, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने लगायतकाको उपस्थिति रहेको थियो । सचिव पुरुषोत्तम आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा करिव ६० जना नेतृत्वहरुको उपस्थिती रहेको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...