आजको पञ्चाङ्ग

बि.सं. २०७७ साउन २९ गते बिहीवार । इ.सं. 13 August 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० गुँलाथ्व । प्रमादी । दक्षिणायन । वर्षा ऋृतु । भाद्र कृष्णपक्ष। तिथि नवमी , ०९:३१ बजे उप्रान्त दशमी । नक्षत्र रोहिणी , २७:१४ बजे उप्रान्त मृगशिरा। योग ध्रुव , ०९:०० बजे उप्रान्त व्याघात। करण गर ०९:३१ बजेदेखि वणिज , २२:०४ बजे उप्रान्त वालव। चन्द्रराशि वृष । आनन्दादी योग उत्पात। दिनमान ३२ घडी ५० पला । सूर्योदय ०५:३४ बजे । सूर्यास्त बेलुका १८:४२ बजे । गुँगा नवमी। ललितपुरमा भीमयात्रा।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावस्यक खर्चबाट बच्न सकिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । मन प्रसन्न रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस होला । चोटपकको भयपनि रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाई भई वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । शत्रुपक्ष हावी हुन सक्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज पारिवारिक सद्भाव बढ्नेछ । भौतिक सुख मिल्नेछ । आफन्तको साथ र सहयोग मिल्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज भाग्यमय वृद्धि हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ व्यापार र व्यवसायपनि फस्टाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज सरुवा र बडुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन हातलागी हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज अकस्मात सफलता पाईन सकिन्छ तर अपमानको सम्भावनापनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र राम्रै रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल