आजको पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक १७। आइतबार। इ.स. २०१९ नोभेम्बर ३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। सप्तमी, २९:१४ उप्रान्त अष्टमी। नक्षत्र– उत्तराषाढा, २८:०६ बजेउप्रान्त श्रवण। योग– धृति, १०:४० बजेउप्रान्त शूल। करण– गर, १६:४६ बजेदेखि वणिज, २९:१४ बजेउप्रान्त भद्रा। आनन्दादिमा अमृत योग। चन्द्रराशि– धनु, ९:०३ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६:१६ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २७ घडी २ पला। त्रिपुष्कर योग र सर्वार्थसिद्धि योग २८:०६ बजेसम्म। रवि–सप्तमी व्रत।
राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । शिक्षामा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रेमीप्रति चिन्ता बढ्नेछ । अनावश्यक ठाउँमा धन खर्च होला । परिवारको समस्याले सताउनेछ । सरकारी निकाएको भयपनि रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लगनशीलताले कामहरू अगाडी बढ्नेछन । शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम सम्बन्ध कसिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्धा मामिलामा सफलता पाईनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । नयाँ कार्यको थालनी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुटुम्बको सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जोश,जाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अङ्कारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ व्यक्ति संग भेटघाट हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
घर व्यवहारको समस्याले सताउला । व्यवसायमा मन्दी आउला । नाक तथा घाँटीमा समस्या आउला । गलत निर्णय लिनपुगिएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
राज्यबाट सम्मान पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । कार्यमा सफलता पाईनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज व्यापार व्यवसायमा सफलता मिल्नेछ । आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्ला । महिला वर्गबाट सहयोगपनि मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल






