2025-12-10 2:33 am

कोरियामा अस्थायी कामदारको संख्या वृद्धि

 दक्षिण कोरियामा अस्थायी कामदारहरूको संख्या १३.१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै रोजगारीको प्रतिशत पनि बढेको सरकारी तथ्यांकले देखाएको छ। २०१९ को अगस्ट सम्ममा ७४ लाख ८० हजार अस्थायी कामदार, पार्टटाइमर्स वा आउटसोर्स गरिएका मजदुरहरू थिए जुन अघिल्लो वर्षभन्दा करिब ८ लाख ७० हजारले बढेको कोरियाबाट प्राप्त तथ्यांक देखाएको छ।

तथ्यांक अनुसार अस्थायी कामदार मध्ये ४४.९ प्रतिशत पुरुष हुन् भने बाकि महिला रहेका छन्।करिब ४७ प्रतिशत अस्थायी कामदारहरू ५० र ६० वर्षका रहेको समेत तथ्यांकले देखाएको छ।अस्थायी कामदारहरूको लागि औसत मासिक तलब अघिल्लो वर्ष भन्दा ५.२ प्रतिशत बढेर १ लाख ६६ हजार रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad