चीनले पठायो मंगल ग्रहका लागि यान

|
बिहीबार, श्रावण ८, २०७७
|
|
० पटक हेरिएको
Shares

अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ।

संयुक्त राज्य अमेरिकाले पनि मंगल ग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ। दुबै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ।

चीनले आफ्नो मंगल अभियानलाई तियानवेन–१ (स्वर्गको जिज्ञासा) राखेको छ।

चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो। प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली साटासाट गरेका थिए।

साइट कमान्डर झाङ झुयुले राज्य संचालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गरेका थिए।

पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कने छ। यस मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ। यी उपकरणको मद्दतबाट मंगल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।

हार्वर्ड–स्मिथसोनियन सेन्टरका अन्तरिक्षयात्री जोनाथन म्याडावेलले चीनले पहिलो पटक गरेको यस प्रयासबाट ठूलै उपलब्धि हासिल भइहाल्नेमा अहिल्यै आशावादी हुन नसकिने बताए। उनले अमेरिकाले पनि यस्तो परीक्षण पहिल्यै गरिसकेको बताए।

मंगल खोज अभियानमा अरु पनि मुलुक सहभागी हुन थालेका छन्। संयुक्त अरब इमिरेट्स (युएई) ले पनि गत सोमबार एउटा यान जापानबाट प्रक्षेपण गरेको छ।

तर हेर्नलायक मुख्य प्रतिस्पर्धा चीन र अमेरिकाबीच नै हुनेछ। चीनले पछिल्ला वर्षहरुमा अन्तरिक्ष खोजमा अमेरिकाको बर्चश्व समाप्त गर्ने प्रयासस्वरुप व्यापक अभियान संचालन गरिरहेको छ।

अमेरिकी अन्तरिक्ष अन्वेषण केन्द्र नासाले सन् १९९० को अन्त्यदेखि मंगल ग्रहमा चारवटा रोभर यन्त्र पठाइसकेको छ।

नासाले सन् २०३१ सम्ममा मंगल ग्रहबाट ढुंगा र बालुवाका नमुना संकलन गरेर पृथ्वीमा ल्याउने लक्ष्य लिएको छ।

अन्तरिक्षयात्री म्याडावेलले चीनको तियानवेन–१ मिसन नासाले सन् १९७५–७६ मा प्रक्षेपण गरेको भाइकिङ समानको मात्र रहेको दावी गरे।

सन् १९६० देखि शुरु भएका मंगल ग्रह अभियानमा हालसम्म अमेरिका, रसिया, युरोप, जापान र भारत सामेल भइसके पनि अधिकांश यी अभियान असफल भएका छन्। एएफपी

प्रतिक्रिया

Comments are closed.

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि र पूर्वाधारमा जोड
मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि र पूर्वाधारमा जोड
मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न
मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न
विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन
विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन
मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने
मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने
मकवानपुरको सिस्नेरीमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर
मकवानपुरको सिस्नेरीमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर
हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा
हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा
ढुङ्गेगढीमा सेनाको योगदान: ढुङ्गेधारा र पानी ट्यांकी गाउँपालिकालाई हस्तान्तरण
ढुङ्गेगढीमा सेनाको योगदान: ढुङ्गेधारा र पानी ट्यांकी गाउँपालिकालाई हस्तान्तरण
बागमती पुलबाट टेलर खस्दा चालकको मृत्यु,
बागमती पुलबाट टेलर खस्दा चालकको मृत्यु,
कुलेखानी–फाखेल सडक एक महिना प्रभावित, थानकोट–चित्लाङ खण्ड पनि अस्थायी रूपमा बन्द
कुलेखानी–फाखेल सडक एक महिना प्रभावित, थानकोट–चित्लाङ खण्ड पनि अस्थायी रूपमा बन्द