
नयाँ दिल्ली (एजेन्सी) । जम्मू–कश्मीरमा लगाइएको कर्फ्यु चरणबद्ध रुपमा हटाउन सुरू गरिएको छ । समाचारहरूमा जनाइएअनुसार शनिबारदेखि जम्मू–कश्मीरको कयौं इलाकाहरूमा टु–जी इन्टरनेट सेवा सुचारु गरिएको छ ।
जम्मू–कश्मीरको विशेषाधिकार प्रत्याभूत गरिएको भारतीय संविधानको धारा ३७० खारेज गर्ने सरकारको निर्णयपश्चात् त्यहाँ कर्फ्यु लगाइएको थियो । यसअघि जम्मू–कश्मीरका मुख्य सचिव बी.बी.आर. सुब्रमण्यमले सप्ताहन्त पश्चात कश्मीरका स्कूलहरू खुलाइने बताएका थिए । मुख्य सचिव सुब्रमण्यमले कर्फ्यु पुरै हटाइने र केही दिनमा परिस्थित सुध्रिने बताए ।
Tags
No tags
About the Author
Related Articles
अन्तराष्ट्रिय
पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो
अन्तराष्ट्रिय
आजका लागि विदेशी मुद्राको विनिमय दर
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






