Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज मिति २०७७ वैशाख ०२ गते मंगलवार , तपाईको आजको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख ०२ मंगलवार ।  इ.सं. 2020 April 14 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलागा । प्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख कृष्णपक्ष तिथि सप्तमी , २१:१७ बजे उप्रान्त अष्टमी । नक्षत्र पूर्वाषाढा , २४:२८ बजे उप्रान्त उत्तराषाढा  । योग शिव , २२:४२ बजे उप्रान्त सिद्ध । करण भद्रा ०९:३१ बजेदेखि वव , २१:१७ बजे उप्रान्त तैतिल

Advertisement

 । चन्द्रराशि धनु । आनन्दादी योग मित्र । दिनमान ३१ घडी ५३ पला । सूर्योदय ५: ४२ बजे । सूर्यास्त १८: २८ बजे ।

भक्तपुरमा महाकाली, महालक्ष्मी यात्रा। मध्यपुर थिमिमा बालकुमारी यात्रा। टोखामा चण्डेश्वरी मूलरथ यात्रा। मिथिलामा जुड-शीतल पर्व।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज कसैसित कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम सम्बन्ध कसिलो होला । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।         

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकाय र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज सानातिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

 कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्र सामान्य नै रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधापनि आउनेछ ।              

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।    

मीन (दि, दु, , , , दे, दो, चा, चि)

इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...