2025-12-11 10:06 pm

आज २०७६ मंसिर २५ गते बुधबारको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

वि.सं. २०७६ मंसिर २५। बुधबार। इ.स. २०१९ डिसेम्बर ११। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। चतुर्दशी, १०:५४ उप्रान्त पूर्णिमा। नक्षत्र– रोहिणी, ३१:२० बजेउप्रान्त मृगशिरा। योग– सिद्ध, १६:४२ बजेउप्रान्त साध्य। करण– वणिज, १०:५४ बजेदेखि भद्रा, २३:०२ बजेउप्रान्त वव। आनन्दादिमा शुभ योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ६ पला। काशिस्थित पिशाचमोचनमा तीर्थश्राद्ध। नुवाकोट दुप्चेश्वरमा मेला। दत्तात्रेय जयन्ती। कुठीधान्य लक्ष्मीपूजा। पूर्णिमा व्रत। सर्वार्थसिद्धि योग १०:५४ बजेसम्म र २३:०२ बजेपछि।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज सफल यात्राको योग छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । लक्ष्मी प्रसन्न हुने योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी छाउला । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । राजनैतिक विवाद बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विद्या र बुद्धिके विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बहुमुल्य वस्तु हात पर्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । भूमि लाभ रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । कार्य सम्पादनमा सहजता मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad