हेटौँडा – योगी नरहरीनाथको १०७ औँ  जन्मजयन्तीका अवसरमा हेटौडा एकेडेमी आवासीय माध्यमिक बिद्यालयले आज सोमबार  एक कार्यक्रम आयोजना गरि मनाएको छ।

हेटौडा-११ नवलपुर स्थित बिद्यालय परिसदमा रहेको नरहरीनाथको  प्रतिमामा  बिद्यालयकी प्राचार्य  गौरीदेबी चिमरियाले फूल माला ,अबिर र पुष्प गुच्छा अर्पण गर्नु भएको हो । शुभकामना  कार्यक्रममा बिद्यालयका शिक्षक सहित बिध्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमा बोल्दै चिमरियाले योगी नरहरीनाथको  बारेमा विधार्थीलाई जानकारी दिन बर्सेनी यसरीनै जन्मजयन्ती मनाउने गरेको  बताउनु भयो । कार्यकर्ममा बिद्यालयकी छात्रा वर्षा स्याङ्तानले योगी नरहरीनाथको बारेमा वर्णन गरेकी थिइन् ।

योगी नरहरिनाथ विसं. १९७१ कालिकोट जिल्लाका नरहरिनाथ गाउँपालिका ८ लालुमा जन्मिएका हुन्। उन्नको विसं. २०५९ सालमा काठमाडौं पशुपति मृगस्थलीमा उनको मृत्यु भएको थियो। योगी अध्यात्मिक, इतिहासकार हुन। आजीवन अन्वेषक रहेका योगीका थुप्रै पुस्तकहरू बजारमा आएका छन्।