नेपाल पत्रकार महासंघ मकवानपुर साखाले २० वर्ष सम्म पत्रकारिता गर्ने ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारलाई मासिक ४ हजार रुपैयाँका दरले भत्ता दिने भएको छ । बुधबार कार्यसमिति बैठकले जेष्ठ पत्रकार भत्ता दिने निर्णय गरेको हो । भत्ता दिनका लागि हेटौंडा उपमहानगरपालिकाले कोषमा दश लाख रुपैयाँ यस अघिनै हस्तान्तरण गरेको छ ।

पत्रकार महासंघ मकवानपुर साखाले बाणिज्य बैकमा यसअघिनै खोलीएको खातामा दश लाख रुपैयाँ जम्मा गरिएको छ । यही बैकमा यसअघि मुद्धती खातामा रहेको दुइ लाख रुपैयाँ समेत भत्ता कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको दश लाखको व्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताए । भत्ता सम्वन्धी कार्यविधिलाई महासंघको यही मंसिर २६ गतेको साधारण सभाले पारित गर्न लागिएको छ ।