Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

चितवनमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

Company Register

चितवनमा हात्ती चराउन जाने क्रममा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । शनिबार दिउँसो निकुञ्जभित्र हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीको मृत्यु भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीले आक्रमण गर्दा माहुते धामीको घटनास्थलमा नै मृत्यु भएको कोषका प्रमुख बाबुराम लामिछानेले बताए । लामिछानेकाअनुसार हात्ती चराउन गएका धामीलाई साढे चार वर्षको राजागज नामको भाले हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

Advertisement

हात्ती चराउने क्रममा तर्सिएर भाग्दा हात्तीबाट खसेका धामीलाई हात्तीले कुल्चिनुका साथै दाह्राले हानेको लामिछानेले बताए । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको लामिछानेले जानकारी दिए । राजगज हात्ती राष्ट्रिय प्रकृति संरक्षण कोषमा नै जन्मिएर हुर्किएको हात्ती हो । भाले हात्तीको स्वभाव पोथी हात्तीको भन्दा अली आक्रमण हुनेसमेत लामिछानेको भनाइ छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...