Comments Add Comment

उपसभामुखबारे चाडै निर्णय हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको चयन छिटै हुने बताएका छन् । आइतबार संसद भवन परिसरमा सभामुखको चयन प्रक्रिया सकियो, अब उपसभामुखको निर्वाचन कहिले हुन्छ रु भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,‘छिट्टै निर्णय हुन्छ ।’

संविधानअनुसार सभामुख र उपसभामुख फरक राजनीतिक दलको फरक लिंगको समेत हुनुपर्ने व्यवस्था छ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुखका लागि दाबी नगरेको बताइरहँदा सभामुखमा नेकपाका उम्मेदवारलाइ समर्थन गरेको राष्ट्रिय जनता पार्टी ९राजपा०ले समेत उपसभामुखका बारेमा नेकपासँग छलफल नभएको बताएको छ । राजपाका नेता राजेन्द्र महतोले नेकपाले उपसभामुख दिए लिन तयार रहेको तर त्यसका बारेमा छलफल भइनसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर