Menu

सभामुखमा अग्नि सापकोटा निर्वाचित , आज बिहान राष्ट्रपतिले सपथ गराउने

नेकपाका सांसद अग्नि सापकोटा सभामुख पदमा निर्विरोध निर्वा्चित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । नेकपाका उपनेता सुवास नेम्बाङले उनलाई सभामुख पदमा निर्वा्चित गरियोस् भनेर सोमबार प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गरेका थिए ।

नेम्बाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ,पूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गरेका थिए। सापकोटालाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ गराउनेछिन् । निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा गरेका थिए । गत सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad