हाँस्य कलाकार शम्भुराज थापाको निधन

Company Register

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो ।

Advertisement

थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए । ​चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...