हास्य कलाकार सन्दीप क्षेत्री बने हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर

Company Register

काठमाडौँ – हास्य कलाकार सन्दीप क्षेत्री लोकप्रिय नेपाली एप हाम्रो पात्रोको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

Advertisement

ya thau khali xa

हाम्रो पात्रोले बुधबारदेखि लागू हुने गरी क्षेत्रीलाई आफ्नो ब्राण्ड एम्बेसडर बनाएको हो ।

हाम्रो पात्रो इंकका संस्थापक शङ्कर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए ।

“कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको छ,” उनले भने, ‘त्यसको व्यवसायिक प्रवर्द्धनमा उनको साथ खोजेका हौं ।’

त्यस्तै हास्य कलाकार सन्दीप क्षेत्रीले ‘हाम्रो पात्रो’ आम नेपालीको जनजीवन सहज बनाउने एप भएको उल्लेख गर्दै यससँग जोडिन पाउनु आफ्नो लागि उत्साहपूर्ण विषय भएको बताए ।

“मेरो मोबाइलमा डाउनलोड भएको पहिलो कुनै नेपाली एप थियो भने, त्यो हाम्रो पात्रो नै हो,” उनले भने, “मलै आफ्नो मोबाइलमा हाम्रो पात्रो डाउनलोड गरेको धेरै वर्षपछि मात्र यो एप बनाउने मान्छे मेरो आफ्नै साथी हो भन्ने कुरा थाहा पाएको थिएँ। त्यसपछि नै सँगै केही गरौं भनेर यो सहकार्य सरुु गरेका हौं ।”

एउटै एपबाट अनेक सेवा लिन सकिने पहिचान बनाएको हाम्रो पात्रोले थप नयाँ सेवाहरू समेत ल्याउने तयारी गरिरहेको छ । कम्पनीले हालै मात्र म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज’ ल्याएको छ ।

बेटा भर्सनमा रहेको यो सविधा अब चाँडै पूर्णरुपमा आउनुका  साथै आईओएसमा समेत उपलब्ध हुनेछ ।

त्यस्तै निकट भविष्यमा लेनदेन तथा खर्चको विवरण राख्न सकिने ‘हिसाबकिताब’, परिकार बनाउन  सिकाउने ‘हाम्रो भान्सा’ र तस्वीर तथा कागजातमा भएका अक्षरलाई युनिकोडमा उतार्न सघाउने ‘हाम्रो अक्षर’ जस्ता सविुधाहरू थप गर्ने तयारी भइरहेको संस्थापक उप्रेतीले जानकारी दिए ।

सन् २०१० मा सुरु भएको हाम्रो पात्रो अन्तर्गत ‘हाम्रो किबोर्ड’, ‘हाम्रो लुडो’ ‘कलब्रेक एण्ड जुटपत्ति, ‘हाम्रो म्यागेजिन’ लगायतका एप समेत सञ्चालनमा छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...