Comments Add Comment

साङ्लोको ‘झ्याम्मै आँखा झ्याम्मै’ गीत सार्वजनिक

विराज भट्टको निर्माण, निर्देशन तथा अभिनय रहेको सिनेमा साङ्गलोको अर्को गीत सार्वजनिक भएको छ। माघ २४ बाट सार्वजनिक प्रदर्शनको लागि तयार रहेको सिनेमाको दोस्रो गीत झ्याम्मै आँखा झ्याम्मै सार्वजनिक गरिएको हो। यस अघि चरिले काफल टिप्यो बोलको गीतलाई दर्शकले निकै रुचाएका थिए। ट्रेलरबाट निकै अपेक्षा राखिएको सिनेमाको दोस्रो गीतलाई दर्शकले मन पराउने विश्वास विराजको रहेको छ।

अन्जु पन्त र निशान भट्टराईको आवाजमा रहेको गीतलाई निशान भट्टराईले नै लेखेका हुन् भने सुरेश अधिकारीले संगीत भरेका छन्। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा विराज र निकिता चन्दकलाई निकै आकर्षकरुपमा देखाईएको छ।

साङ्लोमा विराज, निकिताका साथै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, लय संग्रौला, आरपि पन्त लगायतकाको अभिनय रहेको छ। विराज भट्टको निर्देशनमा बनेको सिनेमालाई शिवम् अधिकारीले लेखेका हुन्।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर