
काठमाडाैँ – प्रकाश ओझा र सिर्जना खत्री (हाउडे माया)को कमेडी गीत ‘तेरो बाउ’ सार्वजनिक भएको छ । गीतमा गायक ओझाकै शब्द तथा सङ्गीत रहेको छ ।
गीतमा प्रयोग भएको र्यापको शब्द तथा आवाज सिर्जनाको आफ्नै रहेको छ । गीतको भिडियोमा पाको उमेरमा पुरुषहरू युवतीको जालमा फसेपछि जिन्दगी बरबाद बनेको देखाउन खोजिएको छ ।
वसन्त निरौलाले निर्देशन गरेको भिडियोमा गायक ओझा तथा गायिका सिर्जना नै फिचर्ड छन् । साथै रामशरण जङ्गमले पनि अभिनय गरेका छन् । भिडियोलाई दिव्यराज सुवेदीले छायाङ्कन गरेका छन् । सुप्रिम पराजुलीको भिडियो सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




