Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

ईश्वरी आधारभूत विद्यालयको ४२ औं अभिभावक भेला सम्पन्न

Company Register

ईश्वरी आधारभूत विद्यालय मकवानपुरगढीको ४२ औं वार्षिक अभिभावक भेला आज सम्पन्न भएको छ। मकवानपुरगढी वडा नं ६ का अध्यक्ष टिका प्रसाद दाहालको प्रमूख आतिथ्यता तथा मकवानपुरगढी गाउँपालिकाका स्रोतशिक्षक दाशरथी उपाध्यायको विशेष आतिथ्यतामा सम्पन्न भेला विब्यस अध्यक्ष कृष्ण प्रसाद हुँमगाईको अध्यक्षतामा सम्पन्न भएको हो।

Advertisement

भेलाले विद्यालय व्यवस्थापन समितिका अभिभावक मध्ये छनौट हुने ४ जना सदस्य छनौट गरेको छ । सर्वसम्मत चयन भएका ४ जना सदस्यहरुमा अञ्जु घिमिरे दाहाल, जानुका तिवारी, कृष्ण प्रसाद तिमल्सेना, र विनोद परियार रहेका हुन् । त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा भने ईन्द्र कुमारी तिमल्सेना सर्वसम्मत भएकी हुन् ।

भेलामा विद्यालयका प्रधानाध्यापक सुनिल गौतमले आर्थिक वर्ष ०७५/०७६ को कूल १ करोड ६४ लाख ४ हजार ३ सय ६२ रुपैयाँ बरावरको आर्थिक प्रतिवेदन पेश गर्नुभएको हो ।

कार्यक्रमलाई संवोधन गर्दै प्रमूख अतिथी टिका प्रसाद दाहालले विद्यालय सबैको साझा सम्पत्ति रहेको र यसको विकास तथा उन्नयनमा समूदायकै भूमिका पहिलो रहेको बताउनुभयो । वहाँले विद्यालयको विकासका लागि स्थानीय सरकारले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने पनि बताउनुभयो ।

त्यसैगरी समाजसेवी नानीराम तिमल्सेनाले विद्यालय समूदायकै गहना भएको र गहनालाई कसरी उपयोग गर्ने भन्नेमा समूदाय नै जागरुक हुनुपर्ने बताउनुभयो । समितिका अध्यक्ष कृष्णप्रसाद हुमगाईले भने आफ्नो नेतृत्वमा विद्यालयलाई यहाँसम्म ल्याईपुर्याएपनि अझै कामहरु बाँकि रहेको धारणा ब्यक्त गर्नुभयो । विद्यालय स्थानान्तरण गरेर नयाँ भूगोलमा सुविधासम्पन्न र पर्याप्त क्षेत्रफल सहित भवन बनाएपनि अझै आवश्यक कक्षाकोठा पर्याप्त नभएको बताउनुभयो । चुनौतीहरुको सामना गर्न, गर्ने मान्छेले नै पर्ने हो भन्दै वहाँले आएका सबै टिप्पणीहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको हो ।

कार्यक्रममा सम्बृद्दी टोल विकास संस्थाका अध्यक्ष एवम् विद्यालयका सल्लाहकार बद्री दाहाल, वडा सदस्य रणकुमारी परियार, गोपाल सापकोटा, शिक्षक अभिभावक संघ अध्यक्ष लक्ष्मण ढुङ्गाना, सल्लाहकार माधव सापकोटा, समाजसेवी नानिराम तिमल्सेना, प्रधानाध्यापक सुनिल गौतम लगायतकाको उपस्थिती रहेको थियो । सहायक प्रधानाध्यापक धरणीधर पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई शिक्षक चण्डिका घिमिरेले स्वागत गर्नुभएको हो । कार्यक्रममा शिक्षक अमृतराज थापामगर, होम कुमारी गौतमले अन्य ब्यवस्थापकीय पक्षलाई सवलीकरण गर्नुभएको हो ।

 

हेर्नोस तस्वीरहरु:

   

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...